अभिनेत्री केकी अधिकारी र ऋचा शर्मा पिज्जा लिएर घर घरमा पुग्न थालेका छन् । उनीहरुले फुडमान्डुसँग मिलेर यो काम गरेका हुन् । ऋचा र केकी यसरि घर घरमा पुगेर अर्डर गरेका खाजा पुर्याउनुको पछाडि कारण छ ।
केकीको निर्माण तथा अभिनय रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा ऋचा शर्मा पनि मुख्य भूमिकामा छिन् । यसैले, फिल्मको प्रचारका लागि यो शैली अपनाइएको हो ।
दर्शकले केकी र ऋचालाई घरमा खाजा लिएर आएको देख्दा सरप्राइज भएका छन् । उनीहरुले, फिल्मको बारेमा समेत प्रतिक्रिया दिएको अभिनेत्री केकी अधिकारीले बताएकी छिन् ।
विशाल भण्डारीको निर्देशनमा तयार भएको यो फिल्म वैशाख १४ गते रिलिज हुनेछ । केकीले यो प्रचारलाई निरन्तरता दिने बताएकी छिन् ।