२३ अगस्ट, १९९४ को आफ्नो जमानाकी चर्चित अभिनेत्री सायरा बानो ७२ बर्षमा लागेकी छिन् । सायरा बानोको जन्म मसूरीमा भएको थियो । सायरा तब ८ बर्षकी थिइन जब बलीउडको ट्रेजिडी किंग दिलीप कुमारको दीवानी भएकी थिइन । यो सब भएको थियो १९५२ मा डायरेक्टर महबूब खानको फिल्म दागको रिलिजपछि ।
उक्त फिल्ममा दिलीप कुमार र निम्मीले मुख्य भुमिका निर्वाह गरेका थिए । खबरका अनुसार सायराले यो फिल्म हेरेपछि दिलीपलाई दिल दिएर बसिन् । त्यस बेला उनी यो सोच्थिन कि दिलीपसँग आफ्नो बिहे होस् । आखिर ११ अक्टुबर १९६६ मा उनको त्यो सपना पुरा पनि भयो । उनीहरुको विवाहमा बलीउडका कयौ सुपरस्टारहरुको उपस्थिती रहेको थियो ।
सायराले आफ्नो ७२ बर्षको जन्मदिनको अवसर पारेर दिलीपको बानी बारे केही रमाइलो कुरा गरेकी छिन् । उनले दिलीप कुमार अण्डाको निकै शौखिन रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘तपाई उहाँलाई १२ अण्डा खुवाएपनि उहाँ आरामले खानुहुन्थ्यो । उहाँ १२-१२ अण्डा सम्म खान सक्नु हुन्थ्यो । खाना बन्दै गरेको अबस्थामा पनि उहाँ पकाइरहेको कराईबाट पनि खाना निकालेर खानुहुन्थ्यो । उहाँलाई खाना पकाउन निकै शौख थियो, अमलेट बनाउन त उहाँ माहिर नै हुनुहुन्थ्यो ।’