निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’ को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल भिडियोमा केहि अङ्ग्रेजी तथा केहि नेपाली शब्द समावेश गरिएको छ । गीतको शब्द, संगीत युवापुस्ता लक्षित छ । लिरिकल भिडियोमा फिल्ममा समावेश केहि स्थिर दृश्य समेट्दै रिलिज मिति असोज २१ लाई विशेष हाईलाईट गरिएको छ । ‘भ्रुम भ्रुम’ बोलको गीतको शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको हो भने गीतमा संगीत पनि सुजेन्द्रले नै भरेका छन् । गीतमा स्वर विनोद ढकालको छ । म्युजिक एरेञ्ज किरण तुलाधरले गरेका छन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्ममा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । करोड बढि बजेटको फिल्मको केहि दिनमा नै टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् । यो चलचित्र छविराज आझोले निर्माण गरेको चलचित्र ‘किस्मत २’ सँग एकसाथ प्रदर्शनमा आउँदैछ ।