शुक्रबारदेखि रिलिज भएको फिल्म ‘लिलिबिली’ले कस्तो व्यापार ग¥यो होला ? २ दिनमा फिल्मको व्यापार कस्तो होला त ? यो फिल्मले शुक्रबार अपेक्षित ओपनिङ गर्न सकेको थिएन । तर, शनिबार भने फिल्मको व्यापार सिंगल र मल्टिप्लेक्समा सुखद नै देखिएको छ ।
फिल्मले शनिबार राजधानीका सिंगल र मल्टिप्लेक्स हलमा सुखद कमाई गरेको छ । अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ विभिन्न हलमा पुगेका थिए । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा गोविन्द शाही, सुदिप खड्का र मिलनको लगानी छ । फिल्मलाई दर्शकले राम्रो भनेका छन् ।
साधारण प्रेमकथामा तयार भएको यो फिल्मले स्कटल्याण्डको लोकेशनमा दर्शकलाई घुमाउनेछ । फिल्मको कथावस्तु साधारण छ, तर प्रस्तुती बलियो छ । आजबाट फिल्मले कस्तो व्यापार गर्ला ? यसले निर्माताको लगानी सुरक्षित रहने वा नरहने भन्ने निर्भर गर्दछ ।