कार्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जात्रा’ को टीजर सार्वजनिक भएको छ । कमेडी शैलीमा तयार पारिएको टीजरमा चलचित्रका कलाकार विपिन कार्की काठमाडौंमा घर बनाउनका लागि पैसाको पछाडी लागेको देखाइएको छ । काठमाडौंको इन्द्रचोक, असन लगायतका क्षेत्रमा छायाँकन भएको यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । प्रदिप भट्टराईको लेखन र निर्देशन रहेको यो चलचित्रलाई रविन्द्र सिंह बानियाँले निर्माण गरेका हुन् । काठमाडौंको असन गल्लीमा तिनजना पसलेको दुख-सुखको पाटोलाई चलचित्रले प्रस्तुत गरेको छ । दिर्घ गुरुङ्गको छायाँकन रहेको यो चलचित्रमा मित्र डि. गुरुङ्गको सम्पादन, सफल केसीको मुख्य सहायक निर्देशन र शंकर महर्जनको द्धन्द्ध रहेको छ । चलचित्र निर्माणका लागि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँलाई सिङ्गे लामा र यादव पौडेलले सघाएका छन् ।