अभिनेत्री झरना थापा पहिलो पटक निर्देशनमा उत्रिएकी छिन् । चलचित्रको पर्दामा आफ्नो अभिनयले सबैलाई मोहित बनाउने झरनाले अहिले ‘ए मेरो हजुर’ लाई निर्देशन गरिरहेकी छिन् । ‘ए मेरो हजुर’ को छायाँकन हाल काठमाडौंका विभिन्न स्थानहरुमा भइरहेको छ । भदौ ३ गतेबाट सुटुक्क छायाँकन सुरु गरेकी झरनाले यो चलचित्रको मुख्य भुमिकामा अनमोल केसीले अभिनय गरेको ‘ड्रिम्स’बाट चलचित्रमा डेव्यू गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह रहेकी छिन् । झरनाले महंगो पारिश्रमिक दिँदै साम्राज्ञीलाई ‘ए मेरो हजुर’ मा केही महिना अगाडी मात्र फाइनल गरेकी थिइन । तर चलचित्र ‘ए मेरो हजुर’ को छायाँकन सुरु हुँदासम्म झरनाले नायकको भने सार्वजनिक गरेकी थिइनन् । छायाँकन सुरु भएको केही दिन वित्दै गर्दा चलचित्र ‘ए मेरो हजुर’ का नायकको सार्वजनिक भएको छ । चलचित्र ‘ए मेरो हजुर’ मा साम्राज्ञीसँग रोमान्स गर्ने सलिन मान बाँनिया हुन् । सलिम २२ बर्षका छन् । चकलेटी अनुहारका धनी सलिम नृत्यमा पोख्त छन् । २ दिनछि चलचित्र ‘ए मेरो हजुर’ को छायाँकनका लागि पोखरा प्रस्थान गर्ने चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी दिए । चलचित्रमा अनुभव रेग्मी, बुद्धी तामाङ, सलोन बस्नेत, अनुरागमान सिंह कुँवर, विल्सन बिक्रम राईको पनि अभिनय रहने निर्माणपक्षले जानकारी दिएको छ । प्रेम कथामा आधारित रहेर यो चलचित्र तयार हुने बताइएको छ ।