बलीउडका मिस्टर परफेक्शनिस्ट आमिर खानले प्रत्येक बर्ष दुई विद्यार्थीलाई पढाउने भएका छन् । आमिरले मिडिया तथा चलचित्रसँग आवद्द विद्यार्थीलाई ‘फिल्म ट्रेड’ र ‘बिजनेस’सँग जोडिएका कुरा सिकाउने फैसला गरेका छन् । आमिर सबै विद्यार्थीलाई व्यक्तिगत रुपमा ट्रेन गर्नेछन् । हरेक बर्ष इन्टर्नशिपको लागि आवेदन आउने गरेता पनि आमिरको तालिका व्यस्त हुँदा उनले सिकाउन पाइरहेका थिएनन् । तर यसपटकबाट भने आमिरले ट्रेनिङ् दिने फैसला गरेका छन् । आमिरले यस बर्ष दुई छात्रालाई मौका दिनेछन् । चलचित्र ‘दंगल’ मा काम गरेका सानासेख र सानिया मल्होत्रालाई पहिलो पटक आमिरले अभिनय सिकाएका हुन् । सोही अनुसार हरेक बर्ष निरन्तर रुपमा आमिरले दुई विद्यार्थीलाई ट्रेनिङ् दिँदै जानेछन् । खबरका अनुसार आमिर र उनको टिमलाई धेरै अनुरोधहरु आए चलचित्रमा रुची राख्ने नवप्रवेशीहरुबाट । उनीहरुले बलीउडका चर्चित हस्तीहरुबाट उचित ट्रेनिङ् र स्कुलिङ्ग पाए सिनेमामा काम गर्ने इच्छा व्यक्त गरेका थिए । अन्य सिनेमा सम्बन्धि अध्ययन गराउने विद्यालयभन्दा आमिरको ट्रेनिङ् हाईप्रोफाइलको हुनेछ ।