काठमाडौं | मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्म ‘ब्याचलर बन्टी’मा नायक अनमोल केसी अनुबन्धित छन्। उनको अपोजिटमा को रहने भन्ने कुरा निकै चर्चामा रहेको विषय थियो। अब भने उक्त कुराको पनि तय भएको छ।
यस फिल्ममा अनमोलको जोडीका रुपमा उकुशा गिरी फाइनल भएकी छिन्। मंगलबारमात्र निर्माण युनिटले उकुशमसँग लिखित सम्झैता गरेको हो।
मिस एशिया २०१७ की बिजेता उकुशाले थुप्रै पेपर विज्ञापन तथा टिभिएस विज्ञापनमा काम गरिसकेकी छिन्। उकुशाले फिल्ममा भने अनमोलसँग रोमान्स गर्दै ‘ब्याचलर बन्टी’काट डेब्यु गर्नेछिन्। १९ वर्षिय उकुशा बानेश्वर निवासी हुन्।
सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा अन्य कलाकार भने तय भएको छैन्। असोजबाट फ्लोरमा जाने यस फिल्मको सम्पुर्ण छायांकन यूरोपमा हुनेछ। फिल्मले आगामी फागुन १७ गतेलाई लाई प्रदर्शन मिति तय गरेको छ।







