निर्देशक डब्बु क्षेत्रीले चलचित्र ‘युनिटी’ निर्देशन गर्ने भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच डब्बु क्षेत्रीले चलचित्र ‘युनिटी’ को निर्माण घोषणा गरेका छन् । कार्यक्रममा निर्देशक क्षेत्रीले ठगी धन्दा र पत्रकारहरुको वास्तविक कथालाई समेट्ने गरि चलचित्र ‘युनिटी’ निर्माण गर्न लागेको जानकारी दिए । चलचित्रलाई सिने मनबल ईन्टरप्राईजेज प्रा.ली. र कर्पोरेट म्याग्जिनले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । चलचित्रका लागि हर्कुलस बस्नेतले संगीत भर्नेछन् । कुमार महर्जनले द्धन्द निर्देशन रहने चलचित्रमा शक्ति प्रज्वलको सम्पादन रहनेछ । चलचित्रको छायाङकन काठमाडौं र सर्लाहीमा हुनेछ । ‘युनिटी’ चलचित्रको निर्माताको रुपमा लक्ष्मी प्रशाद ढकाल रहेका छन् ।
कार्यक्रममा उपस्थित निर्माता ढकालले चलचित्र ‘युनिटी’बाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । चलचित्रमा मुलुकमा बिद्यामान पिरामीड शैलीमा भइरहेको नेटवर्कीङ व्यबसायबाट करीब १५ लाख नेपालीहरु कसरी ठगीए भन्ने कुरालाई उठान गरिने निर्देशक क्षेत्रीले कार्यक्रममा बताए । त्यस्तै उनले पत्रकारहरुले आफ्नो पेशामा भोग्नु पर्ने विभिन्न चुनौती र आफ्नो ब्यक्तिगत जीवनमा आउने विभिन्न आरोह अवरोहलाई चलचित्रमा प्रस्तुत गर्ने जानकारी दिए । निर्देशक डब्बु क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको निर्माण घोषणा गरेका थिए । चलचित्रको निर्माण घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, उधोग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगाएतले आफ्नो विचार राखेका थिए । चलचित्रको छायाँकन सुरु हुने बताइएको छ ।