रितिक रोशनसँग १६ बर्ष अगाडी बलीउडमा डेव्यू गरेकी अमीषा पटेलको करियर अहिले खासै राम्रो छैन । तर अमीषा अर्काको असफलताको विषयमा कुनै पनि चासो र कुरा गर्दिनन् ।
हालै एक इवेन्टमा अमीषासँग ‘कहो ना प्यार है’को सिक्वेलको विषयमा पत्रकारहरु प्रश्न गरेका थिए र अमीषाले जबाफ दिँदै भनिन्, ‘म पनि चाहन्छु कि यसको सिक्वेल बनोस् । तर मलाई भन्दा पनि दर्शकहरु यो चलचित्रको सिक्वेल चाहिरहेका छन् । सोशल मीडियामा रितिक रोशनका फ्यानहरु यो फिल्मको सिक्वेलको डिमाण्ड गरिरहेका हुन्छन् ।’ अमीषाले अगाडी भनिन्, ‘तपाईहरुले हेर्नु भएको होला कि मोहनजो दारोको प्रमोशनका क्रममा पनि पूजा हेगडेले ‘कहो ना प्यार है’को गीतका डबस्मेश बनाएकी थिइन । तर मलाई दुख लागेको छ कि फिल्म चलेन । मलाई यो कुराले निकै दुख लागेको छ तर सबै नयाँ कलाकाहरुलाई एकै जस्तो सफलता पनि त मिल्दैन ।’
अमीषाको फिल्मी करियर जस्तो खराब चलेपनि उनलाई यो विश्वास छ कि उनी ‘कहो ना प्यार है’ को सिक्वेलमा काम गरे फिल्म जसरी पनि हिट हुन्छ । हाल अमीषा, सनी देओलको साथ भइयाजी सुपरहिटको छायाँकनमा व्यस्त छिन् ।