काठमाडौं | मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘वीर विक्रम २’को औपचारिक निर्माण घोषणा गरिएको छ। बिहिबार राजधानीमा एक भव्य कार्यक्रमका वीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्ममा वर्षा सिवाकोटी, आकाश श्रेष्ठ, नाजिर हुसेन, वुद्धि तमाङ लगायतको मुख्य भूमिका रहनेछ। यसै फिल्मबाट विनिशा भण्डारी र बाल कलाकार मनिष लिम्बूले फिल्ममा डेब्यु गर्दैछन्। वीर विक्रमका तीन मुख्य कलाकार दयाहाङ राई, अनुपविक्रम शाही र दीया पुन यस फिल्ममा रहने छैनन्।
केही वर्ष अगाडीको सफल फिल्म वीर विक्रमसँग नाम मिले पनि यस फिल्म उक्त वीर विक्रमको सिक्वोल नभएको निर्देशक चाम्सले बताए। वीर विक्रममा मित्रताको कथा उठाएको थियो। मिलनका अनुसार यस फिल्ममा पनि मित्रताको कथा प्रस्तुत गरिने छ।
प्रदीप भारद्वाजको पटकथा समावेश यस फिल्ममा रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बूको संगीत रहने छ। फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व तथा सुदीप बरालको छायांकन रहेको छ। ‘चाम्स इन्टरटेन्टमेन्ट’ र ‘लण्डन सिने आई’को संयुक्त व्यानरमा निर्माण हुने यस फिल्ममा अर्पण थापा सह निर्मताको रुपमा रहेका छन्। फिल्मको छायांकन कात्तिक २६ गतेबाट सुरु गरिने निमार्ण युनिटले बताएको छ।
फोटो : विवेक वस्याल