काठमाडौं : सफल फिल्म ‘जात्रा’को सिक्वोल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजर तीन जना कलाकारको जीवनको भाग दौड देखाइएको छ। टिजरमा नायक दयाहाङ राईलाई पनि देख्न सकिन्छ।
फागुन १७ गते देखि प्रदर्शनमा आउने ‘जात्रै जात्रा’मा विपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको मुख्य भूमिका छ। प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मलाई सिंगे लामा र यादव पौडेलले निर्माण गरेका छन्। फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द्व, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ।
हेर्नुहोस् टिजर :