अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमासँगै अनुबन्धित भएका छन्। यी दुई चर्चित कलाकारलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन्।
नयाँ चलचित्रका लागि शुक्रबार बेलुका प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन्। चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बिसीको निर्देशनमा तयार हुने छ। यो चलचित्र बिसीले नै लेखेका हुन्।
यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । यो चलचित्रलाई आगामी जेठ वा असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए। उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ। चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताएका छन्।
चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्।