काठमाडौं | फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रदर्शन मिति तय गरेको हो। पोस्टरमा चैत २९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकिएको छ।
सम्राट शाक्यले निर्देशन गर्ने यस फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ। यसै फिल्ममार्फत मल्लिका महतले पनि फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्।
फिल्ममा विदेशी कलाकारहरू चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।
‘कोटकी कालिका देवी फिल्मस्’, ‘हरी ओम सिने मेकर्स’ र ‘क्रियटिम मुभी प्रोडक्सन’को संयुक्त व्यानरमा बन्ने यस फिल्ममा सुशिल पोखरेल निर्माताको रुपमा रहेका छन्। फिल्मका कार्यकारी निर्माता सर्जुमान लिगल हुन्।
फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व, शम्भुजीत बाँस्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत रहेको छ। सञ्जय लामाले खिचेको यस फिल्मलाई बनीष शाहले सम्पादन गर्नेछन्।