काठमाडौं : फिल्म ‘पुरानो बुलेट’को पहिलो गीत रिलिज भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण टिमले शुक्रबार फिल्मको गीत सार्वजनिक गरेको हो। फिल्मले चैत १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।
सार्वजनिक ‘दहि चिउरा’ बोलको गीतको भिडियोमा अनुपबिक्रम शाही र वर्षा शिवाकोटीसँग कम्मर मर्काएका छन्। प्रशान्त तामाङले कोरियोग्राफी गरेको गीतमा टिपिकल नेपालीपना जोडिएको छ।
उत्तमजंग लिम्बुको संगीत रहेको गीतमा उत्तमसँगै मेलिना राईको स्वर सुन्न सकिन्छ।
भिषण राईको निर्देशनमा बनेको फिल्ममा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, शिरोमणी दवाडी लगायत लिड अभिनयमा छन्।
भिडियो :