काठमाडौं | फिल्म ‘गरुढ पुरण’ युनिटले पछिल्लो समय लोकप्रिय भैरहेको गीत ‘म त पिरिम मा’ को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने चलचित्रका निर्देशक सुवास कोइरालाले बताए।
प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ। उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए।
दिनेश राउतको शब्द रहेको गीत ‘म त पितिममा’ मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन। गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको संगीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियंका सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ।
फिल्म माघ ४ गते देशब्यापी प्रदर्शनमा आउनेछ।
गीत :