रियलिटी शो बिग ‘बोस सिजन १०’ को प्रोमो रिलिज भएको छ । प्रोमोमा शोका होस्ट सलमान खान एस्ट्रोनटको ड्रेस लगाएको देख्न सकिन्छ । सलमान स्पेसमा देखिएका छन्, जहाँ उनले ह्यूमन हिस्ट्रीसँग जोडिएको केही कुरा बताएका छन् । प्रोमोमा सलमान ‘जब चन्द्रमामा पहिलो पटक मान्छे देखिए या पहिलो पटक अण्डाबाट चल्ला निस्कियो’ बोल्दै गरेको देखिन्छ । साथमा प्रोमोमा सलमानले आमा मानिस पनि बिग बोस १० मा सहभागी हुने बताएका छन् । सीजनको टेगलाइन ‘इण्डिया यसलाई पनि आफ्नै नै घर सम्झ’ राखिएको छ । लगातार बिग बोसको सिजन सञ्चालन गर्दै आइरहेका सलमानले एक शो सञ्चालन गरे बापत १० करोडभन्दा माथि पारिश्रमिक लिनेछन् ।