फेशन डीवाको नामले चिनिने बलीउड अभिनेत्री सोनम कपूरसँग जब यस्तो घटना भयो तब उनी मिडियाको क्यामेराको अगाडी निकै लज्जित हुनु पर्यो । सोनम एक इवेन्टमा पुगेकी थिइन । त्यही दौडान उनको शूजको लेसस खुल्यो । त्यसपछि सोनम मिडियाबाट बच्न चाहिन् तर शूजको लेससले नराम्रोसँग धोका दिएपछि उनले मिडियाकै अगाडी शूजको लेसस बाँधिन् । शूजको लेसस बाँधेपछि उनले मिडियाको अगाडी भने जस्तै गरि पोज दिइन । शूजको लेसस खुल्दा एक पटक सोनमको होस हवास उडेको थियो । किनकी एउटा सेलिब्रेटी भएपछि यस्ता सानो तिना घटनाले पनि निकै लज्जित बनाउँछ भन्ने कुरा त्यस बेला सोनमलाई हेरेपछि सजिलै थाहा हुन्थ्यो ।