काठमाडौं | माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। आगमी वर्षको जेठ १० गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै निर्माण युनिटले मंगलबार पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा दयाहाङसँगै फिल्मकी मुख्य नायिका दिया पुन फिचरिङ छिन्।
गुरुङ समुदायकी दयालु युवतीको कथा प्रस्तुत गर्ने यस फिल्ममा दयाहाङ राई र दिया पुन मुख्य भूमिकामा प्रस्तुत छन्। फिल्ममा दया र दिपासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतको अभिनय रहेको छ।
सिनेमा आर्ट्सको प्रस्तुतीमा तयार भएको फिल्ममा निर्देशक गुरुङ कै लेखन रहेको छ। रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको यस फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको लगानी रहेको छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।