फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा कोशिश क्षेत्रीको संगीत रहेको छ भने स्वर शिव परियारले दिएका छन्।
गीतको शब्द विप्लप प्रातिकको हो। भिडियोमा भने फिल्मका मुख्य कलाकार विपिन कार्कीले गाई पाल्दा भोग्नु परेको दु:ख देखिएको छ।
दिपेन्द्र लामा निर्देशित फिल्ममा विपनसँगै वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का अंकित खड्का, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ। शिक्षित युवाले विदेश मोह त्यागेर स्वदेशमा गाइ पालनलाई आफ्नो कर्म बनाएको कथा फिल्मले प्रस्तुत गर्नेछ।
‘आरोही इन्टरटेनमेन्ट’को ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। निर्देशक लामाकै कथा समावेश फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ। न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्ममा पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ। शैलेन्द्र डि कार्कीले खिचेको यस फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
भिडियो ः