काठमाडौं : माघ ४ गतेबाट रिलिज हुने फिल्म ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाईने भएको छ। नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ।
शनिबार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्मा दुई फरक भूमिकामा रहेको जानकारी गराएको हो।
निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन्। यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन्। यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन्। तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन्।
गरुड पुरुण हास्य प्रधान फिल्म हो। फिल्ममा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटा सहितको अभिनय छ। आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन्। फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन्।