काठमाडौं : सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा आशिस पिया, रेवती क्षेत्री र नम्रता सापकोटालाई विशेष प्राथामिकता दिइएको छ।
मुस्कान ढकालले निर्देशन गरेको यस फिल्ममा सुरज सिंह ठकुरी, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतको पनि अभिनय रहेको छ। सुविन भट्टराईको कथा रहेको यस फिल्मलाई सामिप्यराज तिमल्सिनाले पटकथामा ढालेका छन्। फिल्ममा पुस्पन प्रधानको संगीत सुन्न सकिन्छ। फिल्ममा सुविन र सामीप्यको संवाद रहेको छ।
‘नाइटिंगेल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन्। सञ्जय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
ट्रेलर :