माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रणवीर’को गीत सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत् फिल्ममा समावेश ‘मान्न चाहान्न’ बोलको गीत सार्वजनिक गरिएको हो। हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको उक्त गीतमा हर्कुलस र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ।
भिडियोमा सुशील सिटौलाको प्रेम सुपुष्मा भट्टले नस्विकार्दा सुशीलले भोगेको पिडालाई चित्रण गरिएको छ।
गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा सुशिल र सुपुष्पासँगै सुबेक्षा खड्का, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ।
फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको छ। हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहेको छ।
हेर्नुहोस् गीत :