अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’को ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कर्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अनमोललाई खेलाडी बवतारमा प्रस्तुत गरिएको छ। देश र फुटबलका लागि उनले गरेको संघर्ष ट्रेलरमा समावेश छ।
भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ। फिल्मले फागुन १७ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।