सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ। चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि उनी उपस्थित नभएपछि स्पष्टिकरण माग गरेको हो। जहाँ बोर्डको काम सन्तोषजनक नरहेको पनि उल्लेख गरिएको छ।
मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो। बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान, बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए। तर, विकास बोर्डकी अध्यक्ष पौडेल भने उपस्थित भइनन्।
बैठकमा चलिचत्र विकास बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित रहेपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए। मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरिएको तर नआएको जवाफ दिएपछि उनलाई स्पष्टिकरण सहितको पत्र पठाएको हो।