चैत ८ गतेबाट रिलिज हुने फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा अस्ट्रेलियाको मोहलाई देखाइएको छ।
उक्त ट्रेलरमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायतलाई फिचर गरिएको छ।
अपिल बिष्टको लेखन तथा निर्देशन रहेको फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन्। फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ।