फिल्म ‘सरौतो’को पहिलो सेड्युलको छायांकन सकिएको छ। आज ललितपुरमा लोक लयको गीतको छायांकन गरेसंगै फिल्मको पहिलो सेड्युल सकिएको हो।
बिहीबार छायांकन गरिएको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका छन्। यस गीतमा छायांकन भईरहेको यस पार्टलाई सम्झिने सिनको रुपमा डेब्यु निर्देशक हरी हुमागाईले ब्याख्या गरे। ‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ‘डेब्यु फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ , फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ’ उनले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए ।
गीतलाई लिएर उनि गत माघको तेस्रोसाता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ‘सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा गरेको हो । छायाँकन भइरहेको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यसगीतमा छायाँकन भईरहेको यसपार्टलाई इम्याजीन सिनको रुपमा डेब्यु निर्देशक हरी हुमागाईले ब्याख्या गरे । ‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ‘डेब्यु फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ , फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ उनले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए।
‘चुलो चम्का’ बोलको यस गीतमा राजनराज शिवाकोटीको र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ। यसै फिल्म मार्फत कोरियोग्राफीमा निलिशा शाक्यले डेब्यु गर्दैछिन्। भिडियोमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन्।
स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह -निर्माताको रुपमा श्री महर्जन रहेका छन्। एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहनेछ। यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ।
काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ। फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ।
                                                                                               






