एभ्रेष्ट सुर्य बोहराको निर्देशनमा बन्न लागेको चलचित्र ‘हेल्लो जिन्दगी’का लागि केही कलाकारहरु फाइनल भएका छन्। चलचित्रमा श्वेता खड्का, सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रम जोशी लगायतका कलाकार अनुबन्धित भइसकेका छन्। चलचित्रको बाल कलाकारको रुपमा अनुभव रेग्मी पनि फाइनल छन्।
निर्देशक बोहराका अनुसार चलचित्रका लागि अन्य कलाकारहरुको छनोट भइरहेको छ। चलचित्र क्षेत्रमा नाम चलेका केही कलाकारहरुसँग कुरा भए पनि फाइनल हुन बाकीँ रहेको बोहराले बताए। उनले भने, ‘हामीले चलचित्रका लागि स्टार कलाकार खोजिरहेका छौँ। तर, राम्रो काम गर्न सक्ने नयाँ कलाकार पायौँ भने उनीहरुलाई पनि मौका दिनेछौँ।’
मर्चको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रलाई लण्डन र स्विजरल्याण्डमा खिचिने बताइएको छ। ‘बाकीँ कलाकारको छनोट सकेर हामी छिट्टै लण्डन पुग्ने छौँ’, निर्देशक बोहराले बताए।
‘विरन्जना इन्टरटेन्टमेन्ट’ र ‘महारानी इन्टरटेन्टमेन्ट’को संयुक्त व्यानरमा निर्माण हुने यस चलचित्रमा हिराल जोशीको लगानी रहनेछ। चलचित्रको कार्यकारी निर्माताको रुपमा भने सृजना जोशी महर्जन रहेकी छिन्।
पुरुषोत्तम प्रधानले खिच्ने यस चलचित्रमा अर्जुन पोखरेल, बसन्त सापकोटा र एलिश कार्कीको संगीत रहने छ।