फिल्म ‘कागज पत्र’को ‘तिमी जाने बाटो’ बोलको गीत सार्वजनिक भएको छ। रिलिजको केही दिन मात्रै बाकी रहदा निर्माण युनिटले फिल्मको मर्मिक गीत रिलिज गरेको हो। अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको मार्मिक गीतमा शब्द तथा संगीत संगित सापकोटाको रहेको छ।
अपिल बिष्टको लेखन तथा निर्देशन रहेको फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायल कलाकारहरुको अभिनय रहेको छ।
खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा हर्कुलेस बस्नेतको संगीत रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ।
फिल्म चैत ८ गते देखि रिलिज हुँदैछ।