फिल्म ‘ए मेरो हजुर ३’मा समावेश लोकलयको गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पराना’ बोलको गीतको भिडियोमा अनमोल केसी र सहाना थापाले निकै राम्रो नृत्य प्रस्तुत गरेका छन्।
आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ। भिडियोमा प्रविण सिंहले कोरियोग्राफी गरेका हुन्।
झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ।
सुनिल कुमार थापाको निर्माणमा तयार भएको फिल्मलाई म्युजिकल लभ स्टोरी फिल्म भनिएको छ। फिल्म नयाँ वर्षको अवसर पारेर चैत २९ मा रिलिज हुनेछ।