चैत १५ अर्थात भोलिबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शुभ लभ’ युट्युबमा सार्वजनिक नहुने भएको छ। युट्युबमा फिल्म रिलिज गर्दा हलको जस्तो मज्जा लिएर हेर्न नपाइने तथा विभिन्न कुराहरु बिगि्रएर आउने भएकाले युट्युबमा नहाल्ने निर्माण पक्षले बताएको छ।
निर्देशक सन्तोष बाबु लोहनीले यस फिल्म हेर्न मन हुने दर्शक हलसम्म नै पुग्नु पर्ने बताए। उनले भने, ‘यस फिल्म हलमा मात्र रिलिज हुँदैछ। युट्युबमा हेर्ने मन गर्नुहुनेले यो फिल्मलाई मिस गर्नुहुनेछ।’
लभ स्टोरी फिल्ममा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, सूर्या थापा लगायतको मुख्य भूमिका रहेको छ।
बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘शुभ लभ’मा प्रदीप कुमार उदयको प्रस्तुती रहेको छ भने निर्माता धर्मराज शर्मा सुवेदी हुन्।