चैत २९ गतेबाट रिलिज हुने अनमोल स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गर्ने भनिएको ट्रेलर टेक्निकल समस्यका कारण आज रिलिज गरिएको हो। यद्यपि पत्रकारले भने फिल्मको ट्रेलर हिजो नै हेरिसकेका थिए।
सार्वजनिक ट्रेलरमा सेलिब्रेटी र फ्यानबिचको माया देखाइएको छ। फिल्ममा अनमोल एक गायक सेलिब्रेटी बनेका छन भने सुहाना थापा फ्यानको भूमिकामा छिन्। उनिहरु एक हुन गर्नु परेको संघर्ष ट्रेलरमा समेटिएको छ।
झरना थापाको निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतको पनि मुख्य भूमिका रहेको छ। सुनिल कुमार थापाले निर्माण गरेको यस फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ।