पल शाहको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘हृदय भरी’को सुटिङ सुरु भएको छ। शुक्रबारबाट फिल्मको सुटिङ सुरु भएको हो। यस फिल्ममा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका निभाउने छन्।
सुरज सुब्बा नाल्बोको निर्देशनमा बन्ने यस फिल्ममा पलसंगै श्रद्धा क्षेत्री र रेखा शाहको पनि मुख्य भूमिका रहनेछ। श्रद्धा र रेखाले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सलोन बस्नेत, नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन्। फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह-निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ।
छायांकन सुरु भएसंगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। वितरक गोपालकाजी कायस्थले फिल्म अर्को वर्षको भदौ २७ मा आउने जानकारी दिएका छन्।