निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ फिल्म ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पक्का भएकी छिन्। निकै महंगो पारिश्रमिक लिएर उनी सोमबारमात्रै फिल्म युनिटसँग आबद्ध भएकी हुन्। यषस फिल्मका लागि साम्राज्ञीले १६ लाख लिएको बताइएको छ।
यस फिल्मका लागि नायिका जसिता गुरुङसँग पनि कुरा भएको थियो। तर, जसिताले १० लाख पारिश्रमिक मागेपछि उनीहरु केही पछाडि हटेका थिए।
फिल्मका लागि यसअघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन्। यसै चलचित्रमार्फत निर्देशक अशोक शर्माले आफ्नो छोरा अंकित शर्मालाई डेब्यु गराउने तयारी गरिरहेका छन्। फिल्ममा अंकितको जोडी साम्राज्ञी हुनेछिन्।
बैशाखबाट छायांकन सुरु हुने फिल्मले आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिरहेको छ।