फिल्म ‘भैरे’को निर्माण युनिटले निर्माण गर्न लागेको नयाँ फिल्म ‘चलखेल’मा नायिका प्रियंका कार्की पक्का भएकी छिन्। आइतबार निर्माण युनिट ‘सिनेमाण्डु इन्टरटेन्टमेन्ट’ र नायिका कार्की बिच सम्झौता भएको हो।
कमेडी जनरामा निर्माण हुने यस फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नेछन्। एभरेष्ट सुर्य बोहराकै कथा तथा लेखन रहने यो फिल्मका लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ। तर, उनीहरुले फिल्म साइन गरिसकेका छैनन्।
निर्माता लेखबहादुर पुनका अनुसार फिल्मको लगानी २ करोडको हाराहारीमा हुनेछ। फिल्मलाई काठमाडौं, जिरी र मनाङमा खिचिने निर्देशक बोहराले बताए। उनले भने, ‘हामीले कमेडी भन्ने बित्तिकै सस्तो कमेडी मात्र नगरेर ब्यङ्ग्यात्मक कमेडी पस्कनेछौ।’
फिल्मको छायांकन जेठमा सुरु गरिने निर्माता पुनले बताएका छन्।