फिल्म निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ परेकी छिन्। चेक बाउन्सको केशमा उनलाई प्रहरीले पक्राउ गरेको हो। इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाडौं पठाएको छ।
प्रज्ञा माथि ठगीको मुद्दा परेको थियो। एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन्। तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो।
प्रज्ञाले ‘सम्झना, न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका फिल्म निर्माण गरेकी छिन्।