आफुले पाएको भुमिकालाई न्यायपूर्वक निभाउने बलीउड अभिनेता हुन् नवाजुद्दीन सिद्दीकी । उनी आफुले पाएको जस्तो सुकै भुमिकालाई पनि मर्मस्पर्शी तरिकाले प्रस्तुत गर्ने गर्छन । दर्जनौ चलचित्रमा फरक फरक भुमिका निभाउँदै आएका नवाजुद्दीन सिद्दीकीले आफ्नो नयाँ चलचित्र ‘फ्रीकी अली’ मा निकै फरक भुमिका निभाएका छन् । चलचित्रको प्रोमोबाट जसरी अहिले नवाजुद्दीन सिद्दीकीको चर्चा भइरहेको त्यसले होला अहिले नवाजुद्दीन निकै प्रभुल्लित भएका छन् । धेरै जसो चलचित्रमा ग्रे खाल्का भुमिका निभाउने नवाजुद्दीन पहिलो पटक यस चलचित्रमा कमेडी र रोमान्टिक रोलमा देखिएका छन् । नवाजुद्दीन यस चलचित्रमा एमी जेकसनसँग देखिदैछन् । त्यति मात्र होइन नवाज पहिलो पटक रोमान्स गर्दै गरेको पनि देख्न सकिन्छ । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेसम्म मैले जति चलचित्र गरेको छु, त्यसमा मेरो ओपोसिटमा कोही यूवती थिएनन् । मलाई पहिलो पटक मौका मिलेको छ । म चाहन्छु कि मलाई हर चलचित्रमा यस्तै गरि रोमान्स र डान्स गर्ने मौका मिलोस् । म अहिले हावामा उडिरहेको छु ।’ आफ्नो करियरमा नवाजले एकपछि अर्को गर्दै सफल चलचित्र दिइसकेका छन् ।