‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका चर्चित गायक खेमराज गुरुङको आइतबार पशुपतिमा अत्यष्टी गरिएको छ । पशुपती लैजानुअघि गुरुङको पार्थिव शरीरलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । आइतबारै गुरुङको पार्थिव शरीरलाई गृह जिल्ला संखुवासभा लगेर राजधानी फर्काइएको थियो । उनलाई श्रद्धाञ्जली दिन प्रज्ञा भवनमा नेताद्धय झलनाथ खनाल, सूचना तथा सञ्चारमन्त्री राम कार्की, पुर्व अर्थ मन्त्री सुरेन्द्र पौडेल, पुर्व प्रशाशन मन्त्री लालबाबु पण्डित लगायतको उपस्थिती रहेको थियो भने नेपाली कलाकार, गायक, गायिका, संगीतकार देखी विभिन्न व्यक्तिहरुले गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । ४२ वर्षको उमेरमा बिहीबार साँझ ५ः५० बजेतिर चावहिलस्थित मेडिकेयर अस्पतालमा गुरुङको निधन भएको थियो ।