फिल्म ‘मन्द मन्द’को निर्माण हुने भएको छ। सस्पेन्स कथामा आधारित रहेर निर्माण हुन लागेको यस फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्न लागेका हुन्।
राजबहादुरकै लेखन रहने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन्। हाल बाकीँ कलाकारको छनोट भइरहेको निर्माण पक्षले बताएको छ।
‘रुद्राक्ष फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता रुद्र खनाल हुन्। वैशाखको तेश्रो साताबाट छायांकनमा जाने यस फिल्मलाई टेकराज रेग्मी र कमल गिरीले निर्माण गर्नेछन्।
फिल्मलाई काठमाडौ, नारायणगढ, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने बताइएको छ। दिव्यराज सुवेदीले खिच्ने यस फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।