गएको बर्ष बनेको सर्वाधिक महंगो र सुपरहिट फिल्म ‘बाहुबली’ को सिक्वेलको यति बेला दर्शकहरु प्रतिक्षा गरिरहेका छन् । ‘बाहुबली’ हेरेपछि सबै दर्शकहरु अहिले पनि यही जबाफ खोजीरहेका छन् कि ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यसको सटीक जबाफलाई लिएर फिल्मका निर्देशक एसएस राजामौली पनि कन्फ्यूजमा छन् । जानकारीमा आए अनुसार, निर्देशक एसएस अहिले बाहुबली २ को चार क्लाइमेक्स शूट गरिरहेका छन् । राजामौली पछिल्लो १० हप्तादेखी हैदराबाद स्थित रामोजी राव फिल्म सिटीमा बाहुबली २ को शूटिंगमा व्यस्त छन् । निर्देशकले अहिलेपनि आफ्नो मन बनाउन पाएका छैनन् कि कुन चाँही क्लाइमेक्स जबाफ दिनका लागि उचित होला । त्यसैले अब फिल्मको छायाँकन सकिएपछि मात्र निर्देशकले सीन हेरेर अन्तिम फैसला लिनेछन् । फिल्मको टिमले स्क्रिप्टलाई फिल्मका केही कलाकारहरुमा मात्र सीमित राखेका छन् । किनकी सस्पेन्स लीक भयो भने फिल्मको महत्व घट्ने हुनाले गोप्य राखिएको फिल्म टिमको भनाई छ । ‘बाहुबली द कंक्लुजन’ फिल्मको पोस्टर फिल्मका हिरो प्रभासको जन्मदिनको दिन रिलिज गरिने छ । यो फिल्म सन् २०१७ मा प्रदर्शनमा आउने छ ।