सासु र बुहारीको सम्बन्धमा माया र झगडा भनेको एकअर्काका परिपुरक हुन । हेर्ने हो भने सासु र बुहारीको झगडा आम मानिसको हिस्सा भइसकेको छ तर बलीउड सेलिब्रेटी यस मामिलामा भने विल्कुलै अलग छन् । बलीउड एक्ट्रेस आफ्नो ‘मदर-इन-ल’ को साथ रियल अपीयरेन्स नै रहन्छ ।
ऐश्वर्या राय बच्चन र जया बच्चन
बलीउडकी सासु र बुहारीको कुरा गर्ने हो भने ऐश्वर्या र जया पनि एकअर्कासँग राम्रो बान्डिंग शेयर गर्छन । जया सधै बुहारी ऐश्वर्याको पक्ष लिन्छिन् र उनी डिफेन्स पनि गर्ने गर्छिन । बताइदिऊ कि एक पार्टीको दौडान जया र ऐश्वर्यासँगै पुगे । तब केही फोटोग्राफरले ऐश्वर्या रायलाई ऐश ऐश भनेर बोलाए । त्यसपछि जया फोटोग्राफरसँग निकै रिसाएकी थिइन र उनले भनिन् ऐश्वर्यालाई ऐस होइन ऐश्वर्या जी वा मिसेज बच्चन भनेर बोलाउनुस् ।
काजोल र वीना देवगन
काजोल र उनकी सासु वीना देवगनको कुरा गर्ने हो भने उनीहरुको माया र सम्बन्ध निकै सुमधुर छ । काजोल जब शूटिंगमा व्यस्त हुन्छिन् तब उनकी सासु बच्चाको ध्यान राख्ने गर्छिन ।
करीना कपूर र शर्मिला टैगोर
करिना आफ्नो सासु शर्मिला टैगोरलाई मम्मी भनेर बोलाउँछिन् । सैफ आफ्नी आमालाई मम्मी भनेर बोलाउने भएकाले करिनाले पनि त्यसै भनेर बोलाउने गर्छिन । करीना कपूर र शर्मिला टैगोरको सम्बन्ध पनि निकै राम्रो रहेको बताइन्छ ।
रानी मुखर्जी र पामेला चोपडा
रानी मुखर्जीले ‘चुपके-चुपके’ फिल्म डायरेक्टर आदित्य चोपडासँग बिहे गरेपछि आफ्नो सासुलाई निकै माया गर्न थालेकी हुन् । थिइन । रानी र पामेला चोपडा धेरै कार्यक्रममा सँगै पनि देखिएका छन् ।