फिल्म ‘प्रेम गीत ३’का लागि निर्माण युनिटले नायिकाको लागि आवेदन खुल्ला गरेको थियो। यस फिल्मको नायिका बन्नको लागि धेरैले उत्साहजनक सहभागिता देखाएका छन्। नायिका बन्नको लागि देश तथा विदेशबाट २ हजार ७ सय १४ जनाले यस पात्रको लागि अडिसनका लागि आवेदन भरेका थिए।
२ हजार ७ सय १४बाट निर्माण युनिटले टप २५ को छनोट गरेको छ। लुक्स र क्यारेक्टरका आधारमा निर्माण युनिटले टप २५ को छनोट गरेको हो।
अहिले छानिएका टप २५ बाट निर्देशक, छायांकार, करियोग्राफर लगायतको टिमले अडिसन लिएर उत्कृष्ट एक नायिका छनोट गर्ने बताइएको छ।
‘आशुसेन फिल्मस्’को व्यानरमा बन्ने यस फिल्ममा सन्तोष सेनको लगानी रहने छ। प्रेमकथामा निर्माण हुने यस फिल्मलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्। ‘प्रेम गीत ३’को लागि मुख्य नायकमा भने ‘प्रेम गीत’कै नायक प्रदीप खड्का रहने छन्।
केही समय अगाडि थिम पोस्टर सार्वजनिक गरेको फिल्मले चैत २८ गतेलाई रिलिज मिति पक्का गरेको छ।