नायक सौगात मल्ल र मोडेल सोनी केसीको प्रेम चर्चाले धेरै भइसक्यो नेपाली चलचित्रको बजार रंगिएको । सौगात र मोडेल केसीको विचमा अफेयर रहेको चर्चा मिडियामा आएपनि सौगातले भने यो कुरा स्विकार गरेका छैनन् । केहि महिना अगाडि सौगात र सोनीको प्रेमको चर्चा खुबै चलेपछि सौगातले यो कुराको खण्डन गरेका थिए । सौगातले सोनी आफ्नो प्रेमिका नभई फ्यान भएको बताउँदै आएका छन् । तर सौगातकी कथित प्रेमिका भनिएकी सोनीको फेसबुक अपडेट हेर्ने हो भने उनको प्रत्येक स्टाटसहरु सौगातमाथि केन्द्रित भएका हुन्छन् । केही महिना अगाडी आफ्नो जन्मदिनको केकमा उनले सौगात र आफ्नो फोटो एकसाथ राखेकी थिइन । त्यसपछि अझ सौगात र सोनी प्रेम सम्बन्धमा रहेको हल्ला खुबै चल्यो । तर यही बिच फेरी सोनीले आफ्नो फेसबुकमा एक फोटो हालेकी छिन्, जहाँ उनी र सौगात सँगै देखिएका छन् । फोटोमा सौगात किताब पढिरहेका छन् भने सोनी पनि सौगातसँग निकै नजिक भएर किताबमा हेरिरहेकी छिन् । उनले फेसबुकमा फोटो मात्र होइन एक क्याप्सन पनि लेखेकी छिन्, ‘कसलाई पो थाहा छ र तिम्रो र मेरो कनेक्सन ?’ उनको यो क्याप्सन र फोटोले अहिले धेरै कुरा उब्जाइरहेको छ । सौगातले सोनी आफ्नो फ्यान भएको बताएपनि सोनीले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिर र स्टाटसले भने अरु कुरा नै दर्शाइरहेको छ ।