प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’मा केही दिन अगाडि मात्र नायक शिव श्रेष्ठ र अभिनेता सुनिल थापाको प्रवेश भयो। दुई कलाकारको प्रवेशले फिल्मको हाइप बढाएको छ। यस्तैमा, फिल्मका लागि बाल कलाकार अनुभव रेग्मी पनि पक्का भएका छन्।
मंगलबार साँझ निर्माण पक्ष र अनुभव बिच लिखित सम्झौता भइसकेको छ। निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अनुभवले बाल्यकालको ‘प्रेम’ अर्थात् प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गर्नेछन्। उनले भने, ‘प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले हामीले उनीसँग सम्झौता गरेका छौँ।’
करिब ४ करोड लागतमा बन्न लागेको ‘प्रेम गीत ३’मा मनिष राउतको पनि मुख्य भूमिका रहने छ। निर्माण टिमका अनुसार अबको एक साता भित्र प्रेम गीतकी हिरोइन पनि फाइनल हुनेछिन्।