बलिउड नायिका सन्नी लियोनीले आइटम नृत्य गरेको नेपाली फिल्म पासवर्डको पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका सन्नी लियोनीलाई पनि राखिएको छ। सन्नीसँग पोस्टरमा फिल्मको मुख्य कलाकार अनुपविक्रम शाही, बिक्की जोशी पनि फिचर छन्।
पोस्टरमा सन्नीलाई निकै कामुक अवतारमा देखाइएको छ। दुई अभिनेता भने रिसाह अवतारमा प्रस्तुत छन् । एक पोस्टरमा भने फिल्मका प्राय: कलाकारलाई समेटिएको छ।
भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘पासवर्ड’ बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि मुख्य भूमिका रहेको छ। सम्राट बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा एक्सन लभस्टोरी फिल्म भनिएको छ।
‘एबी इन्टरनेशनल’को ब्यानरमा निर्माण भएको फिल्ममा हिरल जोशी र अमित बस्नेतको लगानी रहेको छ। अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित थापा सह-निर्माताको रुपमा रहेका छन्। फिल्मलाई सौरभ लामाले खिचेका हुन्।