नायक विराज भट्टको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’ले आफ्नो रिलिज मिति पक्का गरेको छ। यस फिल्मले छठ पर्वलाई लक्षित गरि कात्तिकको १५ गतेलाई आफ्नो रिलिज डेट लक गरेको छ।
निर्माण पक्ष र वितरकबीच भएको सहमतिले यस मितिमा रिलिज गर्न लागिएको हो। फिल्मको वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन्। फिल्मको रिलिज डेट पनि गोविन्दले नै सार्वजनिक गरेका हुन्।
एक्सन लभस्टोरी फिल्ममा विराज भट्ट र मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको छ। निकिताको यो डेब्यु फिल्म हो। फिल्ममा प्रकाश शाह, अमित गिरी लगायतको पनि मुख्य भूमिका रहेको छ।