दशैँलाई रिलिज लक्ष्य राखेको फिल्म ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गर्दै ‘मेरो माया के हो’ बोलको गीत सार्वजनिक गरिएको हो।
भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। अंकितले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सार्वजनिक उक्त गीतमा भने निशान भट्टराई र अश्मिता अधिकारीको स्वर दिएका छन्। कल्याण सिंहको संगीत रहेको गीतमा रवि मल्लको शब्द रहेको छ। भिडियोमा वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ।
अशोक शर्माको निर्देशनमा बनेको फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतको पनि अभिनय रहेको छ।
किरण शर्मा र कृति शर्माको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा मित्रदेव गुरुङको सम्पादन रहेको छ।