कात्तिक ८ गतेबाट रिलिज हुने फिल्म ‘पोइ पर्यो काले’को शिर्ष गीत रिलिज भएको छ। आइतबार युट्युबमार्फत् फिल्मको गीत सार्वजनिक गरिएको हो। लोक लयतमा तयार भएको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। न्रिपेश उप्रेतीको शब्द रहेको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको छ।
भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त फिचर छन्। पूजाले आफ्नो श्रीमान सौगातलाई काले भयो भन्दै गुनासो गरेको कुरालाई गीतमा समेटिएको छ। निकै आकर्षक सेटमा खिचिएको भिडियोमा राम्जी लामिछानेले नृत्य निर्देशन रहेको छ।
शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्ममा राजिव गुरुङ ‘दिपक मनाङ्गे’ र सरोज नेपालीको लगानी रहेको छ। फिल्मको कार्यकारी निर्माता अमलादेवी राई हुन्। शिव ढकालले खिचेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्दान गरेका हुन्।