सफल फिल्म ‘बाघी’को तेस्रो सिरिज ‘बाघी ३’को छायांकन सुरु भएको छ। बिहिबारबाट फिल्मको लागि औपचारिक रुपमा छायांकन सुरु गरिएको हो।
सुरुको दिनमा फिल्मको सामान्य दृष्यहरु खिचिने छ भने बिहिबारबाट एक्सन दृष्यहरु खिचिने बताइएको छ। फिल्ममा टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहने छ। फिल्मलाई सजिद नाडिवालले निर्देशन गर्नेछन्।
टाइगर श्राफले बाघीको दुबै सिरिजमा काम गरेका थिए भने श्रद्धाले पहिलो सिरिजमा काम गरेकी थिइन्। ‘बाघी २’मा भने दिशा पटनीले काम गरेकी थिइन्। फिल्ममा रितेश देशमुखको पनि मुख्य भूमिका रहने छ।