नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा काम गर्ने भएकी छिन्। आफ्नो सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै उनले आफूले तलेगु फिल्ममा डेब्यु गर्न लगेको जानकारी दिएकी हुन्।
परमिताले तेलुगु फिल्मका सुपरस्टार नायक गोपीचन्दसँग स्क्रिन शेयर गर्न लागेकी हुन्। उनले अभिनय गर्न लागेको फिल्मको शुभ मूर्हुत पनि गरिएको छ।
परिमिताले आफू अडिसन दिएर फिल्ममा छनोट भएको कुरालाई पनि फेसबुकमा लेखेकी छिन्। उनले तलेगु फिल्ममा काम गर्न पाउँदा आफू निकै खुसी र उत्साहित भएको बताइन्। यो फिल्मको छायांकन आगमी वर्षको जुनबाट सुरु हुनेछ।
फिल्म ‘चपली हाइट २’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका परिमिताले नेपाली फिल्म क्षेत्रमा भने खासै राम्रो सफलता पाउन सकेकी छैनन्। फिल्म चङ्गा चेटमा काम गरेपछि उनी अहिले खाली हात थिइन्। अब भने उनी तलेगु फिल्ममा काम गरेर स्थापित हुने दाउमा छिन्।